काठमाडौँ– प्रभु बैंक ग्राहकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैको टी-थ्री थकाली एन्ड मल्टी क्युजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरमा छुट हुने भएको छ।
यससम्बन्धी सम्झौतामा टीथ्री थकालीका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका बाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईँले हस्ताक्षर गरे। प्रभुका ग्राहकले दुवै रेस्टुरेन्टका सेवामा १० प्रतिशत छुट पाउने गुरागाइँले जानकारी दिए।
दुवै रेस्टुरेन्टको सेवा २४ घण्टा सञ्चालनमा रहन्छ।
प्रभु बैंकले देशका ३०७ शाखा कार्यालय, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ।
बैंकलाई लन्डनस्थित दी फाइनान्सियल टाइम्सले बैंक अफ दि इयर-२०२३ बाट सम्मानित गरेको छ। बैंकले यसै वर्ष फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ को अवार्ड पनि हात पारेको छ।


