काठमाडौँ– गृह मन्त्रालयले रात्रिकालीन बस चलाउन नदिने तयारी गरेको छ। मन्त्रालयले यसका लागि यातायात व्यवसायीलाई शुक्रबार छलफलमा बोलाएको छ।
नारायणगढ-मुग्लिन सडकमा माथिबाट आएको पहिरोले दुई वटा बस त्रिशूलीमा खसालेर यात्रुसहित बेपत्ता बनाएपछि मन्त्रालयले मनसुनको समयमा रात्री बस चलाउन रोक लगाउने यतारी गरेको हो।
यातायात व्यवसायीलाई छलफलमा बोलाइएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए।
यसअघि २०७९ साल साउनमा रातिको यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाडौँ आउने बसलाई रोक लगाएको थियो।
यातायात व्यवसायीहरूले भने रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको बताउने गरेका छन्।


