कास्की- माछा मार्नका लागि खोलामा करेन्ट लगाउँदा कास्कीमा एक जनाको मृत्यु भएको छ।
असार २८ गते साँझ साढे ५ बजेको समयमा पोखरा महानगरपालिका-३१ किमबेशी निवासी २५ वर्षीय विष्णु थापा मगरको मृत्यु भएको हो।
पोखरा महानगर-३० खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्न खोज्दा विष्णुलाई नै करेन्ट लागेको थियो।
करेन्टबाट घाइते भएका उनलाई उपचारका लागि सरुवा तथा संक्रमण अस्पताल शिसुवा लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो।


