चितवन– नारायणी नदीमा किनारमा एक पुरुषको शव फेला परेको छ।
पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका-७ स्थित पुरुषको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका उक्त शव खोलाबाट निकालिएको छ।
सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ।
शनिबार पनि सोही ठाँउ नजिकै दुई वटा शव भेटिएका थिए। अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन्।
आइतबार बिहान मात्रै एक जनाको शव फेला परेको थियो।
शनिबार तीनको शव फेला परेको थियो। उनीहरूको सनाखत भइसकेको छ।


