काठमाडौँ- नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ।
देउवालाई महाधिवेशनमा सहयोग गरेका प्रकाशमान सिंहको नेतृत्वमा १० जनालाई सरकारमा पठाउने तयारी गरेको हो।
सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालय लिएर सरकारमा जान लागेका हुन्।
सभापति शेरबहादुर देउवाले आफूनिकट ६ जनालाई मन्त्री बनाएका छन्।
देउवाले आफ्नी पत्नी आरजू राणालाई पनि मन्त्री बनाउने भएका छन्।
आरजूले परराष्ट्रको जिम्मेवारी पाउनेछिन्।
देउवा समूहबाट रमेश लेखक, ऐनबहादुर शाही, अजय चौरासिया क्रमश गृह, वन र कानुन मन्त्रालयमा जान लागेका हुन्।
राष्ट्रपति रामचन्द्र निकट मानिएका तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्दैछन्।
शेखर कोइराला र गगन थापा समूहले बद्री पाण्डे, प्रदीप पौडेल र रामनाथ अधिकारीलाई मन्त्री बनाउने भएको छ।
पौडेलले स्वास्थ्यको जिम्मेवारी पठाउँदा बद्रीले पर्यटनको जिम्मेवारी पाउनेछन्। अधिकारीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
नेकपा एमालेबाट ओली प्रधानमन्त्री बन्दा विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने तयारीमा छन्।
देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राई, पृथ्वीसुब्बा गुरुङ मन्त्री बन्दैछन्।
गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको अवस्थामा दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछिन्।
त्यसैगरी अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्दा मानवीर राई रक्षामन्त्री बन्दैछन्।


