काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ११ जना पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन्।
नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जनाले पहिलो पटक मन्त्रीका रूपमा शपथ लिएका हुन्।
कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, बद्री पाण्डे, तेजलाल चौधरी, अजय चौरासिया र ऐनबहादुर शाही (ठकुरी) पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन्।
यस अघि चौरासिया र चौधरी राज्यमन्त्री बनेका थिए। चौरासिया संघीय मामिला राज्यमन्त्री थिए भने चौधरी खेलकुद राज्यमन्त्री थिए।
यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलो पटक मन्त्री बनेका हुन्।
यस्तो छ ओली क्याबिनेटको कार्यविभाजन
१) केपी शर्मा ओली : प्रधानमन्त्री (एमाले)
२)प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकास मन्त्रालय (कांग्रेस)
३) विष्णु पौडेल :उपप्रधान तथा अर्थ (एमाले)
४)पृथ्वीसुब्बा गुरुङ: सूचना प्रविधि तथा सञ्चार मन्त्रालय(एमाले)
५)रमेश लेखक: गृह (कांग्रेस)
६)शरदसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (लोसपा)
७)आरजु राणा: परराष्ट्र मन्त्रालय(कांग्रेस)
८)प्रदीप यादव : खानेपानी मन्त्रालय (जसपा)
९)बलराम अधिकारी: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (एमाले)
१०)दामोदर भण्डारी: उद्योग वाणिज्य (एमाले)
११)नवलकिशोर साह सुडी : महिला बालबाबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (जसपा)
१२)देबेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (एमाले)
१३)तेजुलाल चौधरी : युवा तथा खेलकुद(कांग्रेस)
१४)प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय(कांग्रेस)
१५)अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय(कांग्रेस)
१६)बद्री पाण्डे : संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय(कांग्रेस)
१७)रामनाथ अधिकारी : कृषि मन्त्रालय(कांग्रेस)
१८)विद्या भट्टराई : शिक्षा मन्त्रालय(एमाले)
१९)मानवीर राई : रक्षा मन्त्रालय(एमाले)
२०)दीपक खड्का : ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय(कांग्रेस)
२१)राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (एमाले)
२२)एनेबहादुर शाही : वन तथा वातावरण मन्त्रालय (कांग्रेस)


