काठमाडौँ- नवनियुक्त शिक्षामन्त्री विद्या भट्टराईले दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।
मन्त्रीका रूपमा शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हालेलगत्तै मन्त्री भट्टराईले यस्तो निर्णय गरेकी हुन्।
बालशिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लागू गरिएको छ।
कार्यदलनमा योजना आयोग, शिक्षा मन्त्रालय, कृषि मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहनेछन्।


