२०८३ साउन १३ गते बुधबार

गृहमन्त्री लेखकको पहिलो निर्णय : सिमलताल दुर्घटनाबारे अध्ययन कार्यदल गठन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
ramesh_lekhak

काठमाडौँ- नवनियुक्त गृहमन्त्री रमेश लेखकले सिमलताल पहिरोले सोहोरेर दुई वटा बस त्रिशूली नदीमा बगाएको घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन्।

सोमबार शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हाल्दै लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेका हुन्।

कार्यदलमा तीन वटा सुरक्षा निकायका तीन जना, भौतिक मन्त्रालयका एक जना सदस्य रहनेछन्।

अध्ययन प्रतिवेदन तयार गर्न कार्यदलले १० दिनको समय पाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो।

दुई बसमा ६५ जना यात्री रहेको जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ। तीमध्ये तीन जनाले पौडिएर ज्यान बचाएका थिए।

बाँकी रहेका ६२ जनामध्ये ११ जनाको मात्र शव भेटिएको छ। बाँकी यात्रु र बस भेटिएका छैनन्।

पदबहालीपछि संक्षिप्त सम्बाेधन गर्दै उनले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

‘यो मन्त्रालय देशमा विधिको शासन स्थापना, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ,’ उनले भने, ‘यहाँ बस्दासम्म यो मन्त्रालयले गर्नुपर्ने काम निष्ठापूर्वक गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’

तत्कालका लागि प्राकृतिक प्रकोपसम्बन्धी समस्या सम्बोधनलाई प्राथमिकतामा राखेर काम गरिने उनले जानकारी दिए। उनले भने, ‘यो मन्त्रालयमा तत्काल गर्नुपर्ने काम भनेको प्राकृतिक प्रकोपबाट जुन जनधनको क्षति भएको छ, त्यसलाई उचित ढंगले सम्बोधन गर्ने कुरा अहिले सबैभन्दा प्राथमिकताको र सबैभन्दा उच्चतम महत्त्व दिएर काम गर्नुपर्ने क्षेत्र हो। जुन विषय परिस्थिति सिर्जना गरेको छ त्यसलाई सम्बोधन गर्ने हाम्रो पहिलो दायित्व हो।’

पदबहालीको क्रममा यहीसम्बन्धी निर्णय भएको पनि उनले जानकारी दिए। राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार र संविधानको समीक्षा सरकारको प्रमुख प्राथमिकता रहेको मन्त्री लेखकको भनाइ छ।

प्रकाशित: २०८१ असार ३१ गते सोमबार ०५:४३
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना