काठमाडौँ- दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन्।
अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारले ४ लाख १२ हजार नगदसहित पक्राउ गरेको हो।
उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।
दुवै जनालाई कञ्चनपुरबाट खटिएको अख्तियारको टोलीले कैलालको धनगढी उपमहानगरपालिका(४ बोराडाडीबाट असरा ३१ गते नियन्त्रणमा लिएको हो।


