काठमाडौँ- सरकारले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
गड्तौला यसअघि निमित्त मुख्यसचिवको जिम्मेवारीमा थिइन्।
गत असार ९ गते वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएसँगै निलम्बनमा परेपछि गड्तौलालाई मन्त्रिपरिषदले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।
गड्तौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन्। उनी २०७७ कात्तिकमा सचिव भएकी थिइन्।


