चितवन– चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामीले अस्पताल भवनबाटै हाम फालेका छन्।
मंगलबार बिहानी ती बिरामीले भवनको तेस्रो तलबाट हाम फालेका हुन्।
बिरामी क्यान्सरको उपचारका लागि भर्ना भएका उनको उमेर ७० वर्षभन्दा बढी भएको अस्पतालको भनाइ छ।
हाम फाेलका ती बिरामीलाई आकस्मिक कक्षमा भर्ना गरिएको छ।


