काठमाडौँ– आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ।
उक्त रेटिङ्गले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको सुरक्षित (मध्यम स्तरीय) कम्पनी जनाउने रेटिङ्ग एजेन्सी केयर नेपालले जानकारी दिएको छ।
केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बी’ रेटिङ प्रदान गरेको थियो।
आ.व. ८०/८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रूपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो।
कम्पनीले निरन्तर रूपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ।


