धरान सुनसरी- प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा शनिबार कोरा राइड साइक्लिङ हुने भएको हो।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २९ किलोमिटर दुरीमा हुने राइडमा दुई सयभन्दा बढी राइडर्सहरुले सहभागीता जनाउने प्याडलर्स धरानका संयोजक किसन मास्केले बताए।
शनिबार बिहान ७ बजे भानुचोकबाट शुरु हुने राइड पुतलिलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुर चोक, देउराली, पानबारी हुँदै धरान–८ स्थित हरियाली सामुदायिक वनमा पुगेर समापन हुनेसंयोजक मास्केले बताए।
कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी हुने आयोजकले जनाएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक बर्ष जुलाइमा हुने गरेको मास्केले बताए। धरानमा यो प्रतियोगिता सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको आयोजकले जनाएको छ।


