पोखरा- पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पनखोलामा पौडी खेल्न गएका २ किशोरको डुबेर मृत्यु भएको छ।
शुक्रबार हर्पन खोलामा पौडी खेल्न गएका पोखरा महानगरपालिका–१ मोहरिया टोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा-२ का १८ वर्षकै स्वयं ताम्राकारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरू ६ जनाको समूह बनाएर हर्पन खोलामा पौडी खेल्न गएका थिए। बाँकी ४ जना सकुशल छन्।
यस्तै पोखरा महानगरपालिका–२६ गुदेतालमा एक बालकको पनि डुबेर मृत्यु भएको छ।


