काठमाडौँ- सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सयले बढेर १ लाख ११ हजार ८ सय कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।
