काठमाडौँ- कोका-कोला नेपालले ‘युथ डायलोग’ कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न कार्यक्रममा सृष्टि केसी (ब्लाइंड रक्सका संस्थापक/अध्यक्ष), सम्पदा मल्ल (मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली (प्रशिद्ध ब्याण्ड कुटुम्ब’का सदस्य तथा ‘प्रोजेक्ट सारंगी’ का गुरु) को तीन प्यानलिस्ट थिए।
प्रेरणा र करियरका विषयमा कार्यक्रममा बहस भएको थियो। प्यानलिस्टले आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा अवसरको सिर्जनाका विषयमासमेत बहस गरेका थिए।
कार्यक्रमले विद्यार्थीलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्न उत्साह र प्रेरणा प्रदान गरेको विश्वास कोकाकोलाले लिएको छ।


