पोखरा- पोखरा महानगरपालिका-६ स्थित हल्लनचोकमा हाइलक्स र मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकल चालकको ज्यान गएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बस्ने २६ वर्षीय इश्वर परियार रहेका छन्।
ठक्करपछि घाइते भएका परियारको उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपपनि पौने ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
आइतबार बिहान पौने ६ बजे हल्लनचोकमा ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो।
अहिले हाइलक्स चालक बर्दियाको ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशिल दहितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनापछिको कारण र गल्तीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
