काठमाडौँ- चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ।
आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ। सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एकदुई घण्टा लाग्ने अनुमान छ।
बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ।
