काठमाडौँ- देशभरका यातायात कार्यालयको सर्भर डाउन हुँदा काम ठप्प भएको छ।
सोमबार बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो।
यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको जानकारी दिए।
प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए।
सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्।


