रुकुम पश्चिम- रुकुम पश्चिममा लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आठबिसकोट नगरपालिका-१४ छेपारेबाट सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय मदनप्रकाश गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
आठविसकोटको छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्दा ५ किलो ५ सय ४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमख डिएसपी नवराज पोखरेलले जानकारी दिए।
पोखरलका अनुसार गत शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ गिरीले चलाएर लैजाँदै गरेको भे १ क १७८० नम्बरको ट्रकमा लागूऔषध अफिम प्रहरीले फेला पारेको हो। सोही ट्रकको सह–चालक बस्ने सिटको मुनि पहेलो रङको चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारिएको बताईएको छ।
त्यस्तै प्रहरीले एउटा डिजिटल तराजु, नेपाली नगद तिन हजार, टेक्नो पोभा कम्पनीको ठूलो मोवाइल र लाभा कम्पनीको सादा मोवाइल गरी दुई वटा मोवाइल र गिरीको चलाएको ट्रक समेत बरामद गरिएको प्रहरी पनि बताएको छ।
गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको माम्द थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरीले जनाएको छ।


