काठमाडौँ- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ।
सौर्य एयरलाइन्सको जहाज पोखराका लागि उडान गर्ने क्रममा दुर्घटना भएर जहाजमा आगलागी भएको हो।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।
विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ।
दुर्घटनाका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी छ।


