काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल काठमाडौंमा दुर्घटनाग्रस्त बनेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेनको उद्धार गरिएको छ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरिएको हो।
उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।
थप विवरण आउन बाँकी छ।


