काठमाडौं– बुधबार बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको छ।
इन्जिन परीक्षणका लागि पोखराका लागि उडेको जहाज धावनमार्ग छाड्ने बित्तिकै भुईमा बजारिएको थियो।
जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो। ९एन–एएमई जहाजमा १९ जना सवार थिए।
जहाजमा सवार १८ जनाको शव निकालिइएको छ भने एक जनाको उद्धार गरि केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
जहाजमा सवार सबैजना सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
पछिल्ला केही वर्षयता नेपालमा हरेक वर्ष जस्तो हवाई दुर्घटना हुनेगरेको छ। सन् २००० यता भएका विमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ।
सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका १८ जनाको संख्या जोड्ने हो भने २४ वर्षमा विमान दुर्घटनामा परी ४१० जनाले ज्यान गुमाएका छन्।
विभिन्न मितिमा भएका यी दुर्घटनामा परी ४१ जना घाइते भएका छन्।
हेर्नुहोस् सन् २००० पछि भएका विमान दुर्घटनाको सूची



