२०८३ कार्तिक २५ गते मङ्गलबार

काठमाडौँ जिल्ला अदालत : मुद्दा फर्छ्योट दरमा सुधार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
jkfdf

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले २०८०र८१ मा मुद्दा फर्छ्योट दरमा तुलनात्मक रुपमा सुधार गरेको छ। यस आर्थिक वर्षमा २३ हजार दुई सय ९१ (४६ दशमलव ७४ प्रतिशत) मुद्दा फर्छ्योट गरेको छ।

आव २०७९र८० मा १५ हजार पाँच सय २८ (४२ दशमलव १८ प्रतिशत) मुद्दा फर्छ्योट गरेको थियो। आव २०८०र०८१ मा ४९ हजार आठ सय २७ मुुद्दा रहेकामा फर्छ्योट गर्न बाँकी २६ हजार पाँच सय ३६ मुद्दा रहेका छन्।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फर्छ्योटमा तीव्रता दिने उद्देश्यले काम गर्दागर्दै पनि मुद्दाको चाप बढी र न्यायाधीशको सङ्ख्यामा कमीका कारण नसकिएको भए पनि गत वर्षको तुलनामा सुधार भएको बताए।

‘गत वर्षभन्दा यस वर्ष बढी मुद्दा फछ्र्योट भएको छ, ४६ जनाको दरबन्दी भए पनि ३१ जना न्यायाधीशले मात्रै काम गरिरहेका छौँ’, उनले भने, ‘अदालतबाट समयमै न्याय पाइन्छ भनेर जनआस्था वृद्धि गर्न छिटो न्याय दिनका लागि प्रयन्तरत छौँ।’

सर्वोच्च अदालतको निर्णयअनुसार काठमाडौँ अदालतले पनि यही साउन १ गतेदेख स्वचालित प्रणाली (अटोमेसन) बाट पेशी व्यवस्थापन कार्य प्रारम्भ गरेको छ।

उक्त अदालतले यस आर्थिक वर्षमा छ हजार पाँच सय ५८ मुद्दा फर्छ्योट गरेको छ। दुई वर्ष नाघेका मुद्दामा जिम्मेवारी सरेर आएका मुद्दामा तीन हजार १५ थियो भने यस आवमा एक हजार आठ सय ८६ रहेका छन्। फैसला कार्यान्वयनतर्फ दुई हजार छ सय सात (५० दशमलव २८ प्रतिशत) फर्छ्योट गरेको छ।

कूल मुद्दा पाँच हजार एक सय ८५ मुद्दा रहेकामा दुई हजार पाँच सय ७८ मुद्दा बाँकी रहेको छ। अदालतले दुई वर्ष पुराना मुद्दा मात्र रहने गरी छुट्टै अभियान फाँट स्थापना भई उक्त फाँटहरुका मुद्दाको छुट्टै तोकिएको इजलासबाट सुनुवाइ हुनेगरी व्यवस्था गरिएको छ।

काठमाडौँमा अदालतमा गत वर्षदेखि पारिवारिक इजलासबाट सुनुवाइ प्रारम्भ गरिएको थियो। कूल मुद्दा एक हजार एक सय ७९ मुद्दा रहेकामा ५५४ (४६ दशमलव ९८ प्रतिशत) मुद्दा फर्छ्योट भएको छ। पारिवारिक विवादका छ सय २६ मुद्दा बाँकी रहेका छन्।

न्यायाधीश पोखरेलले पारिवारिक विवाद छिटो टुङ्ग्याउन र पीडितलाई चाँडै न्याय दिन पारिवारिक इजलासको मुद्दालाई प्राथमिकतामा राखिएको बताए। उक्त अदालतमा रहेको बाल इजलासमा सात सय ६० (८१ दशमलव ९८ प्रतिशत) फर्छ्योट गरेको छ। जम्मा मुद्दा नौ सय २७ मध्ये एक सय ६७ मुद्दा बाँकी रहेका छन्।

काठमाडौँमा अदालतमा सबैभन्दा बढी बैंकिङ कसुरमा मुद्दा

जिल्ला अदालत काठमाडौँ यस आवमा सबैभन्दा बढी बैंकिङ कुसर सात हजार नौ सय ५७ मुद्दा दर्ता भएको छ। दोस्रोमा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा चार हजार चार सय ६६ मुद्दा दर्ता भएका छन्।

तेस्रोमा चेक अनादारसम्बन्धी मुद्दा तीन हजार आठ सय ७० रहेको छ । सबैभन्दा कम मुद्दा ज्यानसम्बन्धी कसुर एक सय ६९ रहेको छ। सबै न्यायाधीशको कार्यविभाजन गरी प्रत्येक न्यायाधीशलाई एक एक वटा फाँट मिसिल निरीक्षणको अनुगमन गर्ने जिम्मेवारी बाँडफाँट गरिएको र पेशी व्यवस्थापन नीति पारितगरी तदनुरुप पेशी व्यवस्थापन गर्न फाँटहरुलाई निर्देशन दिइएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

अदालतले न्यायाधीश बिदामा बस्दासमेत उपस्थित न्यायाधीशले एकभन्दा बढी फाँट हेर्नेगरी फाँट स्थगित नहुने व्यवस्था मिलाइएको छ। अभियान फाँटहरुका मुद्दा पेस हुने इजलासमा सम्भव भएसम्म थुनछेकका लागि पेस हुने अभियोग पेस नहुनेगरी व्यवस्था गरिएको जसले गर्दा मुद्दा हेर्न नभ्याइनेमा पर्ने अवस्था न्यूनीकरण हुने अपेक्षा गरेको छ।

अभियान फाँटमा रहेका मुद्दाको मिसिल निरीक्षणलाई नियमित बनाउन त्यस्ता फाँटमा कार्यरत सुपरिटेन्डेटरशाखा अधिकृतरइजलास अधिकृतबाट हरेक १५र१५ दिनमा मिसिल निरीक्षणको प्रगति प्रतिवेदन लिने व्यवस्थाको सुरुआत गरेको छ।

त्यस्तै, हरेक हप्ताको शुक्रबार निवेदनहरुको मात्र सुनुवाइ हुँदै आएकामा गएको भदौ महिनाको अन्तिम हप्तादेखि हरेक शुक्रबारसमेत अभियान फाँटका मुद्दाहरुको सुनुवाइ हुनेगरी व्यवस्था गरिएको छ। अदालतले अभिलेखालयको कामलाई समेत तीव्रता दिँदै अदालतले जरिवानातर्फ रु दुई अर्ब नगद सङ्कलन गरेको जनाएको छ।

प्रकाशित: २०८१ साउन ९ गते बुधबार ०७:५१
प्रतिक्रिया

थप समाचार

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना