काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत भएका छन्।
जहाजमा आगो लागिरहेको अवस्थामा सकुशल उद्धार गर्ने ६ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कार प्रदान गरेको हो।
१९ जना सवार जहाजमा पाइलट मनीषरत्न शाक्यको मात्र जीवितै उद्धार हुन सकेको थियो।
जोखिमपूर्ण काममा खटिएका प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक सुकदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको छ।
साउन ९ गते बिहान ११ बजेर ११ मिनेटको समयमा काठमाडौंबाट पोखरा जानका लागि उडेको २० सेकेन्डमा नै दुर्घटना भएको थियो।


