काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा अघि नबढाउन माग गर्दै पीडित गौशाला-२६ ले निवेदन दर्ता गराएकी छन्।
लामिछानेबाट बलात्कृत भनिएकी किशोरी गौशाला-२६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर यस्तो निवेदन दर्ता गराएकी हुन्।
लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा सर्वोच्च अदालतमा दर्ता गराउने प्रक्रिया सरकारी वकिलले गरिरहेको थियो।
यो मुद्दाकी पीडितले नै मुद्दा अघि नबढाउन गौशाला-२६ले निवेदन दिएकी हुन्।
गौशाला-२६को जाहेरीपछि दर्ता भएको मुद्दामा पाटन उच्च अदालतले सफाइ दिने फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएकी गौशाला-२६ ले यसअघि सर्वोच्च जाने बताएकी थिइन्।
गौशाला २६ आफैँ निवेदन लिएर सरकारी वकिलको कार्यालय पुगेकी थिइन्। उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन्।
मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडि नबढोस् भन्ने चाहाना राखेर निवेदन दिएको दाबी गरेकी छन्।
