काठमाडौँ- भारतमा बन्धक बनाइएका २८ जना नेपालीलाई उद्धार गरिएको छ।
रोजगारीको प्रलोभन देखाएर बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका उनीहरुलाई उद्धार गरी स्वदेश फर्काइएको हो।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उनीहरूलाई उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा लेखेका छन्।
बन्धक बनाइएकाहरूमा सिरहाका २१ जना र धनुषाका ७ जना छन्।


