२०८३ साउन १३ गते बुधबार

तराई तथा पिछडिएका समुदायमा सूचनाको पहुँच नपुगेको गुनासो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ११
fsda

काठमाडौँ- सांसदहरुले तराई तथा पिछडिएका समुदाय सूचनाको हकको पहुँचभन्दा बाहिर रहेको बताएका छन्। प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बसेको बैठकमा समितिका सांसद सीताकुमारी रानाले भुइँतहका मानिसहरु सूचनाको पहुँचभन्दा बाहिर रहेको बताए।

उनले भने, “सूचना पाउने अधिकार छ भनिएको छ तर कसरी लिने भन्नेमा धेरैलाई जानकारी छैन। तराई तथा पिछडिएका क्षेत्र र वर्गमा सूचनाको हकसम्बन्धी केही जानकारी छैन।”

देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको ‘सूचनाको हक’ सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफलका क्रममा सांसद जावेदा खातुन जागाले दुर्गम तथा तराई क्षेत्रका मानिसहरु सूचनाको पहुँचमा पुग्न नसकेको धारणा राखे। उनले भने, “एक त केही समुदाय तथा वर्ग सूचनाको हकबारे अनभिज्ञ छन्भने अर्कोतिर सूचनाको गलत प्रयोगले अपराधका घटना पनि घटिरहेका देखिन्छन्। यसमा पनि आयोगले ध्यान दिनुपर्ने जरुरी छ।”

सांसद ईश्वरबहादुर रिजालले प्रविधिको विकाससँगै सूचनाको पहुँचमा धेरै जना पुगेको तर चुनौती पनि उत्तिकै देखिएको धारणा राखेका थिए। उनले भने, “प्रविधिको विकासले ठूलो राहत देखिएको छ तर सूचना दिने नाममा अराजकता पनि फैलिएको देखिन्छ। त्यसले पैदा गरेको अवस्था कतिको ध्यान दिएका छौँ त ?”

समितिका सांसदहरुले सूचनाको हक कार्यान्वयनमा आउन नसकेको, सूचनाको हकका बारेमा जानकार भए पनि कर्तव्यबोध नभएको, गलत सूचना प्रवाह गरेर चरित्रहत्या हुने काम भइरहेको, सूचनाको हकका बारेमा चेतना फैलाउनुपर्नेलगायत धारणा राखेका थिए।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको महत्वबारे उजागर गर्दै यो हक यसै नआएको बताए। उनले भने, “धेरै आन्दोलनपछि यो आएको हो। सूचनाको हकको प्रयोग गर्दा अनियमितता र भ्रष्टाचार उजागर गर्न सहयोग गर्छ जसले सुशासन कायम गर्न मद्दत गर्छ।” उनले यो सबैलाई लाग्ने कानुन भएको बताउँदै नागरिकहरुलाई प्रश्न सोध्न सक्ने बनाउने काम आयोगले गरिरहेको बताए।

“आव २०८०र८१ मा एक हजार दुई सय ६५ उजुरी तथा निवेदन आएका छन्। नागरिकहरुले सूचनाको हक प्रयोग गरून् यसबारे जानून् भन्ने हाम्रो उद्देश्य हो। नागरिकलाई कामकारबाहीबारे प्रश्न सोध्न सक्ने बनाउनु हाम्रो उद्देश्य हो। तपाईलाई कुनै कामका बारेमा सूचना नै थाहा छैन भने कसरी प्रश्न सोध्न सक्नुहुन्छ ?” उनले प्रश्न गरे।

बैठकमा ‘सूचनाको हकसम्बन्धी व्यवस्था र राष्ट्रिय सूचना आयोगले खेलेको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै आयोगका निमित्त सचिव युवराज अधिकारीले राष्ट्रियसभा र प्रतिनिधिसभाका समितिहरुबाट नयाँ निर्माण हुने तथा संशोधन हुने कानुनमा गोपनीयतासम्बन्धी प्रावधान रहने गरी कानुन निर्माण नगर्ने व्यवस्था हुनका लागि पहल गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २०८१ साउन ११ गते शुक्रबार ०९:३४
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना