काठमाडौं- होस्टल ब्यवसायी संघ नेपाल अन्तर्गत काठमाडौ जिल्ला कार्य समितिको दोश्रो साधारण-सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ।
काठमाडौंमा शनिबार सम्पन्न अधिवेशनले ११ सदस्य कार्यसमिति बनाउने निर्णय गरेको छ। अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा हिक्मत बहादुर थापालाई चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा प्रभात बास्तोला सचिवमा जुनु ढकाल र सहसचिवमा-दिनेश बराल तय भएका छन्। कोषाध्यक्षमा डम्बर जोशीसहित सदस्यमा ओम प्रकाश अधिकारी , रमिता श्रेष्ठ , कमला भट्टराई, अर्जुन केसी र भोलाराम भन्डारी चयन गरिएको छ।
कार्यसमितिले एक जना थप सदस्य मनोनित गर्नेछ।


