दार्चुला- दार्चुला सदरमुकाम खलंगास्थित रिङनेताल नजिकबाट एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्।
शनिबार साँझ साढे ६ बजेको समयमा अन्दाजी २०-२२ वर्षीया महिलाले नदीमा हाम फालेकी थिइन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार ती महिलाको खोजी भइरहेको छ।
महिलाको पहिचान हुन सकेको छैन। महाकाली नदीमा पानी समेत धमिलो भएकाले खोजीकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।


