पोखरा- राइड सेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायी हातपात र तोडफोडमा उत्रिएका छन्।
सार्वजनिक यातायातका चालक र सहचालक तोडफोड र कुटपिटमा उत्रिएका हुन्।
उनीहरूले पोखराको पृथ्वीचोकमा ग २० प ३९७३ को स्कुटरमाथि तोडफोड गरेका छ।
आन्दोलनरत पक्षले पत्रकार र सर्वसाधारणमाथि पनि दुर्व्यवहार र हुलहुज्जत गरेका छन्।
पत्रकार बिना थापा र सुरज थापामाथि उनीहरूले पोखरामा आक्रमण गरेका छन्।
सुरज थापामाथि यातायात व्यवसायीले कुटपिट गरेको पनि भिडियोमा देख्न सकिन्छ।
थापालाई दुर्व्यवहार गर्दै सार्वजनिक सवारीका चालकहरूले सुरज थापाको स्कुटरमा तोडफोडसमेत गरेका हुन्।
भिडियो


