पोखरा- पोखरामा स्कुल बस दुर्घटना भएको छ। स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन्।
दुर्घटनामा परेर २८ जना घाइते भएका छन्। आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नम्बरको स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो।
बसमा विद्यार्थी, विद्यालयका कर्मचारी, चालक र सहचालक सवार थिए।
घाइतेहरुको गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल, र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
पोखरा महानगरका मेयर धनराज आचार्यले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन्।
