काठमाडौं- पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिप भ्वाइस रेकर्डर्स सार्वजनिक भएको छ। २०७९ माघ १ गते यति एयरको एटिआर ७२ ९एन–एनएनसी जहाज दुर्घटना परी ७२ जनाले ज्यान गुमाएका थिए।
काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०:५० बजे अन्तिम पटक टावरसँग सम्पर्कमा आएको थियो। टावरसँग सम्पर्कमा आएको केही समयपछि विमान दुर्घटनामा परेको थियो। सो विमानलाई पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए।
केसी प्रशिक्षक पाइलट थिए। उनीसँग २० वर्षभन्दा बढी समय विमान उडाएको अनुभव थियो। विमान दुर्घटनापछि सरकारले गठन गरेको जाँचबुझ आयोगले चालक दलको कमजोरीका कारण विमान दुर्घटना भएको निष्कर्ष निकालेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो।
दुर्घटना अघिको ककपिट भ्वाइस ग्राउण्ड जिरो नामक युट्युब च्यानलले सार्वजनिक गरेको हो।
यस्तो छ केसी र खतिवडाबीच भएको कुराकानीः
पाइलट: अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ। अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ। हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला। अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ।
कोपाइलट: हजुर।
पाइलट: वानवानफाइभ छ। त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाँही वानवानफाइभमा सेटल हुन्छ।
कोपाइलट: ए..ए..
पाइलट: झर्दै जाउँ फोरवान सम्म झरेहुन्छ। अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा।
कोपाइलट: ए.. हुन्छ हुन्छ।
पाइलट: तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै।
कोपाइलट: हो हो.. गरेको हो।
पाइलट: त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है। उ त्याँ रनवे भिजुवल छ। अझै राइटमा बस राइट ह्या्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन।
पाइलट: पुरानो एयरपोर्टमा बेस बनाउ है।
कोपाइलट: बेस बनाउनु परो?
पाइलट: हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर।
कोपाइलट: अँ। भिजुअल..
पाइलट: त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है।
पाइलट: फोर फाइभ, १७० स्पिड ठिकै छ।
कोपाइलट: हजुर।
पाइलट: अँ ठ्याक्क त्यो डाँडामा।
कोपाइलट: ओके।
पाइलट: धेरै जनालाई गराइसकेँ। कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन। बिहान मात्र हो अर्लि मर्निङमा चाँही डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ। त्यतिले मात्र हो।
कोपाइलट: अब यो ५ माइल्स बाट चाँही झर्ने। होइन त अब?
पाइलट: ओके। डाउन टू थ्री थाउजेन्ड। फाइनलमा चाहीँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ।
पाइलटः पोखरा एति एयरलाइन्स सिक्सनाइनवान। ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु।
(ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)
पाइलट: त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है। थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ। धेरै टेरेन आएको आइगर्छ। त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला उ त्यो चाँही हो त्यो ठूलो। डाँडाको अलि यता। धेरै लङ बनाउन खोज्यौं भने त्यो टावर तिर पुग्छ नि फेरि। त्यता जानु हुँदैन।
पाइलट: ओके अब डाउन।
कोपाइलट: अब म्यानुअल लिने हो सर?
पाइलट: ए पर्दैन। एकछिन ठिकै छ। सिधा गइन्जेल पर्दैन। त्यसपछि लास्टमा चाँही म्यानुअल।
पाइलट: ल अब यहाँबाट चाँही म्यानुअल लिए हुन्छ।
(ककपिटमा टुँ…टुँ.. आवाज आउँछ।)
कोपाइलट: ओके।
पाइलट: फ्ल्यास लिभर वान फिफ्टी। फ्लाप्स थर्टी झर्दै जाउँ है।
पाइलट: रेडि फर ल्यान्डिङ। ल्यान्डिङ गियर…
कोपाइलटः डाउन।
पाइलटः फ्लाप्स
कोपाइलटः थर्ट ।
पाइलट: ट्रान्समिसन
कोपाइलट: टेकअफ
(अस्पष्ट निर्देशन र जवाफ)
पाइटलः एक्सटर्नल लाइट।
कोपाइलटः अन।
कोपाइलटः के आयो?
पाइटलः हेर।
कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ।
(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)
कोपाइटलः कन्टिन्यु टर्न होइन?
पाइटलः हो।
पाइलट: यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै।
कोपाइलट: तलै जानु परो?
पाइलट: होइन होइन तल होइन। यो यत्तिकै ठिक छ पावर हाल है।
कोपाइलट (आत्तिँदै): पावरै आएन। (झन् डराउँदै) पावर नै आएन त।
(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)
पाइलट: पावर.. अगाडि हाल्नु परो नि!
कोपाइलट (डराउँदै):आएन सर, टर्क नै आएन के सर।
पाइलट: यता जाउ त।
कोपाइलटः यो डुअल ल्यान्डिङ है सर।
पाइलटः हँ।
कोपाइलटः टर्क नै आएन के सर। यो आउनुपर्ने नि त टर्क यतातिर के सर। ओके..
पाइलट: के भयो?
(जहाजमा खतराको संकेत टुँ..टुँ..टुँ..टुँ… आवाज आउँछ)
आssss (कोपाइलट चिच्याएको आवाज आउँछ)


