२०८३ साउन १३ गते बुधबार

मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छः गृहमन्त्री लेखक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १५
ramesh lekhak

पाटन (ललितपुर)- गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताएका छन्।

मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजना गरेको विशेष कार्यक्रममा उनले प्रहरीको प्रयासले मात्रै यस किसिमको अपराध न्यूनीकरण हुन सक्दैन सबैको सहयोग आवश्यक रहेको बताए। उनले स्थानीय तह, विद्यालय तहका विद्यार्थी, शिक्षक समेतले मिलेर सचेतना जगाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए।

“मानव बेचबिखन अन्तर्राष्ट्रिय जघन्य अपराधका रुपमा लिइएको छ, यो अपराधको दुष्प्रभाव एउटा भूगोलमा मात्रै सीमित छैन, यसलाई साझा दुस्मनका रूपमा लिएर निरुपण गर्नुपर्छ, यो विश्वव्यापी दुष्चक्र लागुऔषधसरहको अपराधका रूपमा लिएर अनुसन्धानका लागि तीन महिनासम्म राखेर अनुसन्धान गर्ने व्यवस्था हुनुपर्छ,” गृहमन्त्री लेखकले भने, “यसलाई अत्यन्त गम्भीर प्रकृतिको अपराधको श्रेणीमा राखेर अपराधको अनुसन्धानमा देशको कुनै सीमाले प्रभावित नपार्नेगरी काम गर्न सहयोग पुग्नेगरी कानुन निर्माण गर्नुपर्छ।”

मानव बेचबिखन विरुद्धको अपराधमा काम गर्न मानवीय जनशक्तिको अभावमा मात्रै काम रोकिने अवस्था आउन नदिइने बताउँदै उनले स्रोत र साधनको उपयोग गरेर अपराध न्यूनीकरणमा नेपाल प्रहरीले गरिरहेको काम राम्रो भएको भन्दै प्रशंसा गरे। गृहमन्त्री लेखकले स्थानीयस्तरमा विद्यार्थी र शिक्षकमार्फत सार्वजनिक बिदाका दिन मानव बेचबिखनविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए।

“विश्वव्यापी तथ्याङ्क हेर्दा महिला बाढीपीडित, त्यसपछि नाबालिका पीडित छन्, गरिबी, अशिक्षा एउटा कारण हो, अर्को महत्त्वपूर्ण कारण चेनता हो, त्यो स्थानीय पालिका र शिक्षक विद्यार्थीले गर्न सक्नुहुन्छ, मिलेर काम गरौँ भने एक दुई वर्षभित्रै न्यूनीकरण हुनसक्छ, सञ्चारमाध्यम पनि चेतनामूलक सामग्री प्रसारण गरेर सहयोग गरिदिनुपर्छ, सबैले मिलेर लाग्दा सफल हुन्छ”, गृहमन्त्री लेखकले भने।

गृहसचिव एकनारायण अर्यालले मानव बेचबिखन विश्वको साझा चासो, चुनौती र सरोकारको विषय भएको बताउँदै खोज, प्रमाण र तथ्यका आधार अपराधीलाई मुद्दा चलाउन सूचना उपलब्ध गराएर अनुसन्धानमा सहयोग पु¥याउन सबैमा आग्रह गरे।

“भिजिट भिसाको बहानामा बेचबिखन हुने समस्या सुनिन्छ, विभिन्न देशमा लगेर बन्धक बनाउने काम पनि भइरहेको छ, यसका विरुद्ध नेपाल प्रहरी र ब्युरो लागिरहेको छ”, उनले भने।

नायक महान्यायाधिवक्ता डाक्टर टेकबहादुर घिमिरेले मानव बेचबिखनविरुद्धको नीति तथा कानुनको व्यवस्था चन्द्रशम्शेरको पालामा नै जारी भएको जानकारी गराउँदै विभिन्न समयमा परिमार्जित हुँदै विसं २०६४ मा ऐन जारी गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कामकारबाही र न्यायनिरुपणको काम हुँदै आएको जानकारी गराए।

“अहिले भएका कानुन अपर्याप्त छ, अनुसन्धान, अभियोजन र निरूपणमा सहयोगी हुनेगरी विश्वव्यापी रुपमा प्रभावकारी हुनेगरी कानुन तर्जुमा गरिनुपर्नेछ, यसका लागि सरकारले ध्यान दिनेछ”, उनले भने।

महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन तथा ओसारपसार अपराध विश्वव्यापी मानवताविरुद्धको अन्तरदेशीय गम्भीर अपराध भएको धारणा राखे। उनले एउटामात्रै संस्थाको पहलले मात्रै सफल नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए।

“मानव बेचबिखनले महिला, बालबालिका र थुप्रै पुरुषलाई श्रम, यौनजस्ता गलत कार्यमा जबर्जस्ती संलग्न गराउँछ। महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउनेजस्ता कार्यलाई मात्र नभएर कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्क झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा पार्ने कार्यलाई मानव बेचबिखन तथा ओसारपसार मानिन्छ”, महानिरीक्षक कुँवरले भने।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बेचबिखनविरुद्ध सकरात्मक सोच र भूमिकाको विकास गरिनुपर्ने बताइन्। उनले सचेतता अभियान प्रत्येक घरघरमा पु¥याइनुपर्ने बताउँदै मानिसको मानसिकता बदल्न, सुधार्न आवश्यक रहेको बताइन्।

हरेक वर्षको जुलाई ३० तारिका दिनलाई मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको छ। सोही अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज आयोजना गरेको कार्यक्रममा तीन सय जनाभन्दा बढी सरोकारवालाहरु, विद्यार्थीसमेतको सहभागिता रहेको थियो।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालसहित विश्वका धेरै देशमा मानव बेचबिखन तथा ओसारपसार निकै गम्भीर समस्या रहेको छ। रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका छन्।

गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहबारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करीका घटना बग्रेल्तीमात्रामा भेटिने गरेका छन्। मानव बेचबिखन अन्त्य गर्न नेपाल सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिँदै आएको छ।

ब्युरोका अनुसार नेपालमा आन्तरिक रुपमा मनोरञ्जन क्षेत्रमा हुने बेचबिखन तथा अन्तर्राष्ट्रिय रुपमा भिजिट भिसाको आवरणमा हुने मानव बेचबिखन तथा ओसारपसार समेत एउटा ठूलो चुनौतीको रुपमा देखिएको छ।

भारत, चीन, मध्यपूर्वी एशिया, दक्षिणपूर्वी एशियालगायत युरोप तथा अमेरिका समेतमा नेपाली नागरिक रोजगारीको बहानामा मानव तस्करको चङ्गुलमा परी भिजिट भिसा समेतको दुरुपयोगगरी पठाइएको अवस्था छ। यसलाई नियन्त्रण तथा नियमन गरी व्यवस्थित बनाई मानव बेचबिखन तथा ओसारपसार अपराध न्यूनीकरण तथा रोकथाम गर्नु हामी सबैको साझा दायित्व हो।

प्रकाशित: २०८१ साउन १५ गते मङ्गलबार ०८:४५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना