काठमाडौँ- प्रभु बैंकले धनकुटा र तेह्रथुममा शाखा सञ्चालनमा ल्याएको छ। ३१०औँ शाखा विस्तार गर्दा प्रभु पहिलोपटक धनकुटा प्रवेश गरेको हो।
शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले धनकुटा शाखाको उद्घाटन गरेका हुन्।
उद्घाटन गर्दै नगरप्रमुख तामाङले यस बैंकको विस्तारसँगै धनकुटा नगरवासीलाई बैंकिङ सेवा लिन सहज हुने बताए।
धनकुटाअघि तेह्रथुम बजारको म्याङ्लुङमा बैंकको ३०९औँ शाखा स्थापना गरिएको थियो।
यी दुईसहित कोशी प्रदेशमा मात्र ३८ वटा शाखा सञ्चालनमा आएको बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले जानकारी दिए।
बैंकलाई हरेक जिल्लामा पुर्याउने र त्यस स्थानको आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य बैंकले राखेको छ।


