काठमाडौँ- रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको छ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। जावलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ।













