काठमाडौँ- साउन २० गते काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ।
गृह मन्त्रालयले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा दिने निर्णय गरेको हो।
गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर साउन २० गते तीन जिल्लामा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।


