काठमाडौँ- काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसको कोठाभित्र महिला र पुरुष मृत अवस्थामा फेला परेका छन्।
बाजुराको त्रिवेणी-४ का २३ वर्षीय भरतबहादुर सार्की र अन्दाजी २० वर्षीया करिष्मा सार्की मृत भेटिएका हुन्।
काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीका अुनसार करिष्माको शरीरमा चोट छ भने भरत झुन्डिएको अवस्थामा फेला परेका हुन्।
उनीहरु साउन १५ देखि गेस्ट हाउसमा बस्दै आएका थिए।
शुक्रबार दिउँसोसम्म खाना खान नउठेपछि बन्द कोठा खोल्न प्रहरी पुगेको थियो।
प्रहरीका अनुसार भरत र करिष्मा हाडनाता सम्बन्धका हुन्।


