२०८३ कार्तिक २५ गते मङ्गलबार

‘सिपिसीद्वारा पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका अवसर सिर्जना गर्ने विश्वास’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
fasd

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेसबाट पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।

फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको ‘सिपिसीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेस : नेपालसँग विकास अवसरको साझेदारी’ कार्यक्रममा उनले सो प्रस्ताव चीनका लागि मात्र नभई मानव जातिका लागि साझा भविष्य निर्माणमा केन्द्रित भएको धारणा राखिन्

उपाध्यक्ष घिमिरेले भनिन्, “उच्च गुणस्तरको हरित विकास र साझा समृद्धिको लक्ष्यले नेपालजस्ता मित्र राष्ट्रसँगको सहयोगलाई थप उचाइमा पु¥याउने छ।” उनले विश्वव्यापी चुनौतीका रुपमा देखापरेका जलवायु परिवर्तन तथा सुस्त आर्थिक वृद्धिलगायत समाधान गर्न विश्व समुदाय एकताबद्ध हुनुपर्ने सन्दर्भमा चिनियाँ राष्ट्रपतिद्वारा प्रस्तावित ‘मानव जातिका लागि साझा भविष्य निर्माण’ को अवधारणाले ठूलो अर्थ र महत्त्व राखेको बताइन्।

“हाम्रा सहयोग द्विपक्षीय पहलमा मात्र सीमित रहन हुँदैन, विश्व्यापी चुनौतीको समाधान गर्न बहुआयामिक मञ्च खडा गर्नुपर्छ”, उपाध्यक्ष घिमिरेले भनिन्, “संयुक्त राष्ट्रसङ्घ, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लगायत विश्वव्यापी मञ्चमा चीन र नेपालले न्यायसङ्गत विश्वव्यापी व्यवस्थाको वकालत गर्नुपर्छ, जसले सम्पूर्ण राष्ट्रको सार्वभौमसत्ता, विकास र अधिकाको सम्मान गर्न सक्दछ।” साझा विश्वको बाटो चुनौतीपूर्ण नरहेको उल्लेख गर्दै उनले इमान्दारी, आपसी सम्मान र साझा दृष्टिकोणका साथ काम गर्नुपर्नेमा जोड दिइन्।

चीनको विकास प्रयास नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उनले चिनियाँ अर्थतन्त्रको चामत्कारिक रुपान्तरण विकासिल राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताइन्। उनले नेपाल र चीनबीच पूर्वाधार, ऊर्जा, कषि, पर्यटन, संस्कृति, हरित विकास, शिक्षा तथा क्षमता अभिवृद्धि, ग्रामीण विकास र सम्पर्क सञ्जाल विस्तारमा साझेदारीको प्रबल सम्भावना रहेको बताइन्।

नेपाल–चीन सम्बन्ध ऐतिहासक, सांस्कृतिक तथा आर्थिकरुपमा प्रगाढ रहेको उल्लेख गर्दै उनले पछिल्ला समय दुई देशबीचको साझेदारी झन् बलियो बन्दै गइरहेको बताइन्। उनले भनिन्, “नेपाल र चीनबीच जनस्तरसम्म रानजीतिक, आर्थिक र सांस्कृति लाभको आदानप्रादन हुँदै आएको छ, यसका माध्यमबाट सम्पर्क सञ्जालको विस्तारसँगै आर्थिक वृद्धि र आमनागरिकको जीवनस्तर उकास्न सहयोग पुग्नेछ।”

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीले अघि सारेको हरित क्रान्ति नीतिले जलवायु परिवर्तनको विश्वव्यापी चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसबाट जलवायु परिवर्तनको चपेटामा परेका नेपालजस्ता मुलुकले लाभ लिनसक्ने बताए। “चीनको आधुनिकीकरण त्यहाँ मात्र सीमित छैन, यसबाट नेपालसहित अन्य मुलुकले पनि लाभ लिन सक्नेछन्”, उनले भने।

चीन नेपालको निकट मित्र मात्रै नभई विकास साझेदारका रुपमा पनि रहेको जनाउँदै पूर्वराजदूत श्रेष्ठले विकास प्रयासमा चीनको थप सहयोगको खाँचो औँल्याए। नेपालले भारत र चीनसँग समदूरीको सम्बन्ध राखेर अघि बढ्नुपर्ने उनले जोड दिए।

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सीले सिपिसीबाट पारित प्रस्तावले विशेष गरी नेपालगायत छिमेकी मुलुक र विश्व समुदायमा विकासका धेरै अवसर र लाभ सिर्जना गर्ने बताए। चीनको रेनमिन विश्विद्यालयका प्राध्यापक स्या लुले राष्ट्रिय कंग्रेसबाट पारित विशेष प्रस्तावको विवेचना गर्दै यसले नयाँ युगको यात्रा चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन व्यापक सुधारको बाटो पहिल्याएको बताए।

पत्रकार गोपाल खनालले चिनियाँ समृद्धिबाट नेपालले कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्ने बताए। आयोजक संस्थाका महासचिव डा कल्याणराज शर्माले विश्वको ठूलो अर्थतन्त्र चीनले थालेको व्यापक सुधारका पहलबाट नेपालको विकास प्रयासमा थप सहयोग मिल्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २०८१ साउन १८ गते शुक्रबार ०८:३४
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना