काठमाडौँ- धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढलेको छ।
धादिङबेँसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रोबसमाथि रुख ढल्दा ७ जना घाइते भएका छन्।
गजुरी नजिक आइपुग्दा बसमाथि रुख ढलेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पतालमा लगिएको छ।
सो ठाउँमा पहिरो गइरहेका कारण गुडिरहेको बसमाथि पहिरोसँगै रुख आएको र यतिबेला अवरुद्ध उक्त सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको सनाखत हुन बाँकी छ।


