२०८३ साउन १४ गते बिहिबार

प्रदेश सरकारद्वारा इर्खुवाखोला बाढीका मृतक परिवार राहत वितरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
bhojpur-1024×464

भोजपुर- कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ। यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो।

बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो। प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई रु एक–एक लाख हस्तान्तरण गरिएको हो। त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले जानकारी दिइन्। यहाँका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूर्ण विवरण आएपछि थप राहत वितरण गरिने उनको भनाइ छ।

“प्रदेश सरकारको तर्फबाट घटनास्थलको स्थलगत रूपमा अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ”, उनले भनिन्, “बाढीका कारण मानवीयसँगै निकै ठूलो भौतिक क्षति भएको छ। तत्कालीन रूपमा मृतक परिवार र अन्य पाँच परिवारलाई राहत वितरण गरेका छौँ। थप क्षतिको विवरण आएपछि अन्य परिवारलाई पनि वितरण गछौँ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लव अधिकारीसहितको टोलीले साल्पासिलिछो गाउँपालिकाको फेदी भन्ने स्थानसम्म पुगेर बाढीले पुर्याएको क्षतिको विषयमा जानकारी लिएको हो। कोशी प्रदेश सरकारले यथाशीघ्र क्षतिको पूर्ण विवरण मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

बाढीबाट क्षतिग्रस्थ झोलुङ्गे पुल र मोटरेबल पुल पुनःनिर्माण, मर्मत तथा संरक्षणका लागि तत्काल आवश्यक पक्रिया अघि बढाउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए। प्रदेश सरकारले पीडित परिवारलाई सहज रूपमा घरदैलोमा पुगेर राहत वितरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीको भनाइ छ।

बढीबाट क्षति पुगेका पुलहरूको पुनःनिर्माण तथा मर्मत गरी चाँडो जनतालाई सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको उनले बताए। थुम्लुङखोलाबाट सुरु भएको इर्खुवाखोला बाढीले निर्माणाधीन नागदह पक्की पुल, निर्माणको अन्तिम चरणमा पुगेको तामुटार पक्की पुल, गौडेनी पक्की पुल, टावुटार झोलुङ्गे पुल, गोथेबजार झोलुङ्गे पुल, नागदह झोलुङ्गे पुल, दोभाने झोलुङ्गे पुल र वागवालुङ झोलुङ्गे पुलमा क्षति पुगेको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए। त्यस्तै बाढीले इर्खुवाखोला जलविद्युत आयोजनामा पूर्ण क्षति पुगेको उनको भनाइ छ। त्योसँगै अन्य तीनवटा हाइड्रोपावर र खोला किनारका बस्तीमा क्षति पुगेको अध्यक्ष कुलुङले बताए।

प्रकाशित: २०८१ साउन २२ गते मङ्गलबार ०७:५४
प्रतिक्रिया

थप समाचार

गृहमन्त्री विराटनगर पुगे, देवानगञ्ज पुगेर घाइतेको स्वास्थ्यअवस्था बुझ्ने

काठमाडौँ: गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन्। विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका छन्। गृहमन्त्री...

करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँः नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पिएसपी)तथा भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) हरूलाई आवश्यक सहजीकरण...

सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक समृद्धिको पूर्वशर्त हो: निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा देखिएको अशान्त वातावरण र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले एक प्रेस विज्ञप्ति...

सप्तरीमा सर्वदलीय बैठक: सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम: सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ। बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक आस्था, संस्कृति...

अशान्त मधेश: सुनसरी र सिरहापछि वीरगञ्जमा पनि कर्फ्यु, के छ पछिल्लो अवस्था?

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...
Roop_Jyoti
बैंकिङ

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ। साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि...
nrb2
बैंकिङ

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना