काठमाडौँ- हिमालयन बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।
सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्ने क्रममा स्वयम्भु शाखा–२ लाई बालाजु चोकमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ।
२१ साउनदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा छ।
बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन्।
नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।
