काठमाडौं- एयर डाइनेस्टीको हेलिकोप्टर सम्पर्क विहीन भएको छ। बुधबार रसुवाको स्याफ्रुबेसी तर्फ उडेको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर सम्पर्कविहीन भएको हो।
हेलिकोप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको बेपत्ता भएको छ ।
त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि हेलिकोप्टर सम्पर्कविहीन बनेको हो।
