काठमाडौं- रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो नुवाकोटको सूर्यचौर क्षेत्रमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको हो। दुर्घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।
हेलिकोप्टरमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन।
थप विवरण आउन बाँकी छ।
