काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकोप्टरमा ५ जना सवार भएको खुलेको छ।
काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक सवार रहेको खुलेको हो।
एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर सो हेलिकोप्टरले ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाड्ने र त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने तालिका थियो।
हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।
हेलिकोप्टरमा रहेका ४ जना चिनियाँ नागरिक रहेको बताइएको छ।


