काठमाडौँ- काठमाडौँ उपत्यकामा खानेपानीको एक जारलाई ४७ रुपैयाँभन्दा बढी लिए सरकारले कारबाही गर्ने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यस्तो चेतावनी दिएको हो।
खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेको भन्दै यस्तो चेतावनी दिएको हो।
२० लिटरको जारलाई अधिकतम ४७ रुपैयाँ तोकिएको छ भने एक लिटरको बोतललाई १६ रुपैयाँ तोकिएको छ।
एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ।


