काठमाडौँ– डिजिटल भुक्तानी/वालेट सेवा प्रदायक कम्पनी ‘आइएमई पे’ले ‘सिसा पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण प्राप्त गरेको छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले सञ्चालन गर्ने वालेटले सबै सुरक्षा मापदण्ड पूरा गरी प्रमाणीकरण पाएको हो।
सुरक्षित तथा भरपर्दो माध्यमलाई मात्र यो प्रमाणीकरण दिइने भएकाले आइएमई पे अझ विश्वसनीय बनेको कम्पनीको भनाइ छ। योसँगै नेपालको पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था पनि आईएमई पे बनेको छ।
आइएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसको मापदण्ड पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।
यो प्रमाणीकरण प्रत्येक वर्ष अडिट पश्चात नवीकरण गर्नुपर्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्याएर नवीकरण गरेको हो।


