२०८३ कार्तिक २५ गते मङ्गलबार

किरात ऐतिहासिकस्थल महुरेगढीलाई सौन्दर्यकरण गर्न गुराँसका बिरुवा रोपियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
fdg
खोटाङ- किरात ऐतिहासिकस्थल महुरेगढीलाई सौन्दर्यकरण गर्नका लागि गुराँसका बिरुवा रोपिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रहेको महुरेगढीको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलको रुपमा विकास गर्न शुक्रबार नेपालको राष्ट्रिय फूल गुराँसका बिरुवा रोपिएको हो।
किरात ऐतिहासिकस्थल महुरेगढीको सौन्दर्यकरणका लागि डिभिजन वन कार्यालय खोटाङले निःशुल्क उपलब्ध गराएको छ सय वटा गुराँसका बिरुवा रोपिएको नुनथलाका वडाध्यक्ष भगेश्वर राईले बताए। ‘महुरेगढी किरात ऐतिहासिकस्थल हो । यहाँ किराती राजा भूमराजले विसं १८३० सम्म राज्य गरेको किम्बदन्ती छ’, उनले भने, ‘किरात ऐतिहासिकस्थल महुरेगढीको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलको रुपमा विकास गर्न गुराँसका बिरुवा रोपिएको छ। यसलाई आगामी दिनमा निरन्तरता दिने योजना बनाएका छौँ।’
नुनथलास्थित महुरे प्राकृतिक सामुदायिक वन र सिहंबाहिनी सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा महुरेगढी आसपासका क्षेत्रमा गुराँसका बिरुवा रोपिएको जनाइएको छ। सामुदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर किराँत ऐतिहासिकस्थल महुरेगढीमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यालय खोटाङका डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिए।
‘सामुदायिक वनको प्रभावकारिता, तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ मनाइएको सामुदायिक वन दिवसको अवसरमा जिल्लास्थित तीन वटा उत्कृष्ट सामुदायिक वन तथा तीन वटा कबुलियती वनलाई पुरस्कृत गरिएको छ। सामुदायिक वनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु २५ हजार, रु २० हजार र रु १५ हजार तथा कबुलियती वनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु १२ हजार पाँच सय, रु १० हजार र रु सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको डिभिजन प्रमुख दाहालले जानकारी दिए।
सामुदायिक वततर्फ धर्मशाखा सामुदायिक वन उपभोक्ता समूह बराहपोखरी गाउँपालिका–४ बडकादियाले प्रथम, डाँडाखर्क खिसापत्रे सामुदायिक वन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी द्वितीय र पौडी पाखा सामुदायिक वन उपभोक्ता समूह केपिलासगढी गाउँपालिका–३ बास्पानी तृतीय भएका छन्। यस्तै, कबुलियती वनतर्फ गौरीखर्क कबुलियती वन समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ विजयखर्क प्रथम, रिठ्ठाबोटे कबुलियती वन समूह रावाबेँसी गाउँपालिका–६ हौँचुर द्वितीय र चप्लेटी कबुलियती वन समूह हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम तृतीय भएका छन्।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका तीन जना पूर्वअध्यक्षलाई सम्मान गरिएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ राष्ट्रिय कार्यसमितिले महासङ्घ खोटाङका पूर्वअध्यक्षहरू साकेला गाउँपालिका–४ मात्तिम निवासी स्वर्गीय अमरबहादुर राई र सीताराम कटवाल, दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी निवासी सूर्यबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी राजेन्द्र राईलाई सम्मान गरेको हो।
पुरस्कृत हुने वन समूह तथा सम्मानित हुने पूर्वअध्यक्षहरूलाई कार्यक्रममा समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए। रावाबेँसी गाउँपालिकाका उपप्रमुख कौशिला गुरुङ, डिभिजन वन कार्यालय खोटाङका डिभिजन प्रमुख पशुपति दाहाल, नुनथलाका वडाध्यक्ष भगेश्वर राई, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राई, जिल्ला अध्यक्ष मोहन गुरुङलगायत सहभागिता थियो।
यसैबीच, मध्यपहाडी लोकमार्गअन्तर्गत छिमेकी जिल्ला भोजपुरको सीमानामा पर्ने चखेवा भञ्ज्याङदेखि जयरामघाटसम्मका सडक आसपासमा विभिन्न प्रजातिका फूलका बिरुवा राप्ने निर्णय गरिएको छ। जिल्ला समन्वय समिति खोटाङको अगुवाइ तथा डिभिजन वन कार्यालय खोटाङ र सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङको सहकार्यमा बहुवर्षे फूलका बिरुवा रोप्ने निर्णय गरिएको हो।
यस्तै, जिल्लास्थित सबै ग्रामीण सडकमा विभिन्न प्रजातिका फूलका बिरुवा रोप्ने निर्णय गरिएको जनाइएको छ। सम्बन्धित स्थानीय तह तथा सामुदायिक वन उपभभोक्ता समूहहरूसँगको सहकार्यमा जिल्लास्थित सबै ग्रामीण सडकमा फूलका बिरुवा रोप्ने निर्णय गरिएको जनाइएको छ।
दश स्थानीय तह रहेको जिल्लालाई फूलैफूलको जिल्लाको रुपमा परिचित गराउने उद्देश्यले फूलका बिरुवा रोप्ने निर्णय गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए। अभियानको रुपमा सञ्चालन गरिने फूलका बिरुवा रोप्ने कार्यक्रमलाई दातृ निकायलेसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: २०८१ साउन २५ गते शुक्रबार १०:००
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना