काठमाडौँ- नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिबास र पोखरामा नयाँ शोरुमको उद्घाटन गरेको छ।
यो अत्याधुनिक सुविधासम्पन्न शोरुम बर्दिबासमा कानून राज्य मन्त्री श्रद्धादेवी थापाबाट यही साउन २५ गते र पोखरामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङबाट उद्घाटन भई यहि साउन २७ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको छ।
शोरुममा फोटोन र सोकोनका कमर्शियल गाडीहरूको उपलब्ध छ। फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रस्तुत गरेको छ।
थप रूपमा एमएडब्लू वृद्धिले सोकोन मोटर्सको बहुमुखी भ्यान पनि उपलब्ध गराएको छ, जसमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरू समावेश छन्।


