काठमाडौँ- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ।
बैंकहरूका ग्राहकहरूले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरेर बिना कार्ड मोबाइल बैंकिङ वा कनेक्ट आइपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ।
अब दुवै बैंकका ग्राहकहरूले यस सेवाको सुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ।
हालका लागि ग्राहकहरूले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्मअन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिंक गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन्।


